सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेस्रो लिङ्गीलाई नागरिकता दिनेमा सांसदहरुबीच मतभेद

। फोटो स्रोत ।
२०७५ माघ १८, ०३:४६

महिला र पुरुषबाहेक तेश्रो लिङ्गीलाई जैविकीय गुणका आधारमा पहिचानसहितको नागरिकता प्रदान गर्ने विषयमा सांसदहरुबीच मतभेद देखिएको छ। 
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुबीच नेपाली नागरिकताको प्रमाणपत्रको लिङ्गको महलमा महिला वा पुरुष वा अन्य उल्लेख गरी लैङ्गिक पहिचानसमेत खुलाउनुपर्ने विषयमा मत भिन्न देखिएको हो। अधिकांश सांसदले संविधानले पहिचानसहितको नागरिकताको प्रत्याभूति दिएको र सर्वोच्चले पनि तेश्रो लिङ्गीलाई नागरिकता प्रदान गर्नु भन्ने आदेश गरिसकेकाले महिला वा पुरुषबाहेक अन्य भनिएको स्थानमा स्पष्ट लिङ्ग उल्लेख गर्नुपर्ने दावी गरेका छन। पछिल्लो समय लिङ्ग परिर्वतन गर्ने प्रचलन बढिरहेको अवस्थामा तेश्रो लिङ्गीलाई पनि दावी गरे अनुसारको पहिचानलाई आधार मानेर नागरिकता प्रदान गर्दा समाजमा विकृति बढ्ने भन्दै उनीहरुले त्यसो गर्न नहुने जिकिर गरे।
नागरिकताको प्रमाणपत्रको लिङ्गको महलमा लेखिएको अन्य को सवालमा विवाद भएपछि त्यसबारे निर्णयमा पुग्नका लागि समितिले गृह, कानून मन्त्रालयका पदाधिकारी र संसोधनकर्तासंग छलफल गरेको हो। संविधानको धारा १२ मा ‘वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता स् संविधान बमोजिम बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ’ भन्ने उल्लेख छ। 

कमेन्ट लोड गर्नुस