सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैठकस्थलमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य थापाको मृत्यु

२०८२ फाल्गुन २८, ०५:०५ खबर संवाददाता

काठमाडौँ: नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए । उनको शव मणिपाल अस्पतालमा राखिएको छ । 

जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको बताइएकाे छ। 

गत फागुन २१ मा भएकाे प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की– २ को उम्मेदवार बनाइएकाेमा विरोध भएपछि टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो । 

कमेन्ट लोड गर्नुस