सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएलमा ब्याङ्लोरको पहिलो जित

२०७८ चैत्र १७, ०८:२६ खबर संवाददाता

काठमाण्डौँः  इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइटराइडर्सलाई ३ विकेटले हराएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १८.५ ओभरमा १२८ रन बनाएको थियो। १२९ रनको लक्ष्य पछ्याएको बैंग्लोरले ७ विकेटको क्षतिमा १३२ रन बनाउँदै जित हासिल ग¥यो। दुई खेल खेलेको बैंलोरको यो पहिलो जित हो।

बैंगलोरको शुरुवात राम्रो थिएन। ओपनर अनुज रावत खाता खोल्न नपाउँदै आउट भए। उनलाई उमेश यादवले आउट गरे। त्यसपछि कप्तान फाफ डुप्लेसिस पनि ५ रनमात्रै जोड्न सके। विराट कोहलीले पनि राम्रो प्रदर्शन गर्न सकेनन्। उनी १२ रनमा आउट भए।

डेभिड विली र शरफाने रदरफोर्डले टिमलाई सम्हाल्ने कोसिस गरेका थिए। विलीले १८ र रदरफोर्डले १८ रन बटुले। शाहबाज अहमदले तीन छक्का सहित २० बलमा २७ रन जोडे। वानिन्दु हसरंगाले पहिलो बलमा चौका प्रहार गरे तर त्यसपछि उनी टिम साउदीको बलमा बोल्ड भए।

हर्षल पटेलले १९ ओरमा दुई चौका प्रहार गर्दै खेललाई आफ्नो टिमको पक्षमा फर्काए। दिनेश कार्तिकले अन्तिम बलमा छक्का र चौका प्रहार गर्दै बैंग्लोरलाई जित दिलाए।

कोलकाताका कुनै पनि ब्याटरले ठूलो स्कोरको रन बनाउन सकेनन्। ओपनर अजिक्य रहाणे ९ रनमा वेंकटेश अय्यर १० रनमा आउट भए। कप्तार श्रेयस अय्यरले १३ रन मात्र बनाउन सके।

नितिश राणाले १० र सेम बिलिङले १४ रन थपे। कोलकाताका लागि सबैभन्दा धेरै रन बनाउने ब्याटर आन्द्रे रसेल रहे। उनले १८ बलमा ३ छक्कासहित २५ रन जोडे । उमेश यादवले १८ रन बनाए।  वरुण चक्रवर्ती १० रनमा नटआउट रहे।

बैंगलोरका लागि वानिन्दु हसरंगाले चार ओभरमा २० रन खर्चेर चार विकेट लिए। एक विकेट मोहम्मद सिराजको नाममा रह्यो। शहबाज नदिम महँगो सावित भए। केबल एक ओभर बलिङ गरेका उनले १६ रन खर्चिए।
 

कमेन्ट लोड गर्नुस