सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिकोणात्मक सिरिजः नेपाललाई जितको लागि ११५ रनको लक्ष्य

२०७८ चैत्र १६, ०२:३४ खबर संवाददाता

काठमाडौंः अन्तर्राष्ट्रिय त्रिकोणात्मक अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी२० सिरिजमा मलेसियाले नेपाललाई जितका लागि १ सय १५ रनको लक्ष्य दिएको छ।zटी२० सिरिजमा मलेसियाले नेपाललाई जितका लागि १ सय १५ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनायो।

पहिलो बलमा विकेट गुमाएको मलेसियाका जुबाइदी जुल्किफ्ले र कप्तान अहमद फाजीले ४९ रनको साझेदारी गर्दै मलेसियालाई मध्यम सुरुआत दिलाए।जुबाइदीले ३२ रन बनाए। उनले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यता, अहमदले ३८ बलमा ३ चौका प्रहार गर्दै २४ रन जोडे। यता, मुहमद अमिरले १६, सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९ र विजय उन्नीले ३ रनको योगदान गरे।

नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिए। यता, करणले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडेन राख्दै १४ रन दिएर १ विकेट लिए।

यता, अविनास बोहराले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए।

कमेन्ट लोड गर्नुस