सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा २३ हजार मतदाता थपिए

२०७८ चैत्र १४, १२:५६ खबर संवाददाता

डोटीः डोटी जिल्लामा जनसंख्या घट्दो क्रममा देखिएपनि मतदाता संख्या बढ्दो क्रममा रहेको छ। माघ चौथो साता केन्द्रीय तथ्याङ्क बिभागले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार जिल्लाको जनसंख्या घटेको देखिएको थियो। ०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या दुई लाख ११ हजार सात सय ४६ रहेकोमा पछिल्लो जनणनाले दुई लाख पाँच हजार ६ सय ८३ मात्र देखाएको छ।

जनसंख्या घटेको भए पनि पछिल्लो पाँच वर्षमा जिल्लाको मतदाता भने करीव २२।७६ प्रतिशतले वृद्धि भएको छ। २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख एक हजार एक सय १६ मतदाता रहेकामा २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक लाख २४ हजार १४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोटीका सूचना अधिकारी दलबहादुर मलासीले जानकारी दिए। यस आधारमा करीव पाँच बर्षको अवधिमा २२ हजार नौ सय ९८ मतदाता थपिएका छन्।

जनगणनाको प्रारम्भिक नतिजाले जनसंख्या घटेको स्थानीय तहहरुमा पनि मतदाता संख्यामा उल्लेख वृद्धि भएको छ।
 

कमेन्ट लोड गर्नुस