सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नै देशको खुफिया एजेन्सीलाई इरान मामिलामा अनुभवहिन भएको राष्ट्रपति ट्रम्पको आरोप

। फोटो स्रोत ।
२०७५ माघ १७, १०:४०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशको खुफिया एजेन्सीलाई इरान मामिलामा अनुभवहिन भएको आरोप लगाएका छन। उनले उत्तर कोरियालाई लिएर गरिएको आँकलनलाई पनि खारेज गरेका छन। राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै इरानसँग सावधान रहनु पर्ने र खुफिया अधिकारीहरु फेरी पनि स्कुल जानुपर्ने भन्दै असन्तुष्टि जनाएका छन। अमेरिकी खुफिया अधिकारीहरुले विश्वव्यापी सुरक्षा खतरालाई लिएर गरेको आँकलनमा इरानले परमाणु हतियार बनाउन छोडेको उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले यही निचोडमा आफ्नो प्रतिक्रिया दिएका हुन।  राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटमामा इरानको रणनीतिमा अमेरिकी खुफिया अधिकारी अन्जान र गलत भएको उल्लेख गर। उनले इरान अहिले पनि संभावित खतरा र संघर्षको स्रोत बनेको आरोप लगाएका छन।
खुफिया अधिकारीहरुले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई छोड्ने संभावना नरहेको बताएका थिए। नेस्नल इंटिलिजेन्सका निर्देशक ड्न कोट्स र अन्य खुफिया प्रमुखहरुले गत मंगलबार सिनेटसमक्ष विश्वव्यापी खतरा आँकलन सम्बन्धी रिपोर्ट प्रस्तुत गरेका थिए। गतबर्ष राष्ट्रपति ट्रम्पले सन् २०१५ मा अमेरिकाले इरानसँग गरेको ऐतिहासिक परमाणु सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए।
यो कदमको अमेरिकाभित्रै मात्र नभएर पुरै विश्वले आलोचना गरेको थियो। गत बर्ष नै ट्रम्पले उत्तर कोरियासँग राजनीतिक सम्बन्ध सुधार गर्नेमा ठोस कदम उठाउँदै उत्तर कोरियाली नेता किम जोङ् उनसँग भेटवार्ता गरेका थिए।
 

कमेन्ट लोड गर्नुस