कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार भीमदत्त नगरपालिका–३ नौलाखेत र वडा नं. ११ गड्डाचौकी क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ७३ हजार रुपैयाँ बराबरका सुट कपडा, चप्पल, रसबरी मिठाई लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको जनाएको छ। थप कारबाहीका लागि सामान सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।