सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ६३ लाख बढी मूल्यको ट्रकसहित तरबुजाको बीउ बरामद 

२०८३ असार १३, ०७:३४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा सशस्त्र प्रहरीले २ सय क्विन्टल बढी तरबुजाको बिउ (वाटर मिलन सिड्स) सहित ट्रक बरामद गरेको छ।

शुक्रवार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा गुल्म गड्डाचौकी र देबिस्थानबाट खटिएको गस्ती टोलीले दोधार चाँदनी नगरपालिका १ फोरलाइन क्षेत्रबाट तरबुजाको बीउसहित ट्रक बरामद गरेको हो।

फोरलाईन इलाकामा महेन्द्रनगरबाट दोधरातर्फ जाँदै गरेको ना ८ ख १९९४ नम्बरको ट्रकमा २२० किलो तरबुजाको बीउ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी कञ्चनपुरका अनुसार ३३ लाख ३ हजार ४ सय मूल्य बराबरको बीउ र ३० लाखको ट्रकसहित ६३ लाख बढी मूल्य बराबरको समान भन्सार कार्यालय गड्डाचौकी पु¥याई थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस