सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिपिएल–३ : महेन्द्रनगर युनाइटेडको पहिलो विदेशी खेलाडीमा मोहम्मद नबिद

२०७५ माघ १६, ०४:४४ खबर संवाददाता

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को टिम महेन्द्रनगर युनाइटेडले टिमको पहिलो विदेशी खेलाडीको रुपमा युएई राष्ट्रिय टिमको वर्तमान कप्तान मोहम्मद नबिदलाई अनुबन्ध गरेको छ। माघ २६ गते देखि फाल्गुन ११ गते सम्म धनगढीमा आयोजना हुने रुस्लान डिपिएलमा महेन्द्रनगर युनाइटेडको कप्तानी शरद भेसावकरले गर्दैछन्। टिमले अर्को विदेशी खेलाडीको नाम पनि छिट्टै सार्वजनिक गर्ने जानकारी गराउने जनाएको छ । 

३१ वर्षीय नबिद तिब्र गतिको बलर हुन् भने विस्फोटक ब्याटिंङ पनि गर्न सक्छन्। युएईको लागि ३५ एकदिवसीय अन्तराष्ट्रिय तथा २३ टि२० अन्तराष्ट्रिय नबिदले खेलिसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ५० विकेट तथा टि२० मा २३ विकेट लिएका छन्। महेन्द्रनगर टिमका सहमालिक निरज चन्द बताउँछन्– “अनुभवी नबिदको आगमनले टिमलाई बलियो बनाउनेछ । उनी राम्रो ब्याटिङ पनि गर्न सक्छन्। उनको आगमनले हाम्रो युवा खेलाडीहरुले भरिएको टिममा अनुभवको सम्मीश्रण गर्नेछ। टिममा नबिद आबद्ध भएपछि टिमले अझ राम्रो गर्नेमा आशावादी भएका छौ“

महेन्द्रनगर युनाईटेड टिमः शरद भेसावकर (कप्तान), आरिफ शेख, रोहित पौडेल, अभिनाश बोहोरा, अमर सिंह रौटेला, सागर ढकाल, दिलिप नाथ, सिद्धान्त लोहनी, शाहब आलम, कुशल भुर्तेल, दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का (लोकल प्लेयर), मोहम्मद नबिद ( विदेशी खेलाडी )    
 

कमेन्ट लोड गर्नुस