सुदूर नेपाललाई विश्वसँग जोड्दै

१८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिपमा आज नेपाल र बंगलादेश खेल्दै

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र ९, ०९:२४ खबर संवाददाता

काठमाण्डौँः १८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन्। भारतको जमसेदपुरमा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो।

खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । च्याम्पियनशिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो। नेपाल, भारत र बंगलादेश सहभागी च्याम्पियनशिपमा नेपालले अंक जोड्न सकेको छैन। तीन खेल खेलेको नेपाल पुछारमा छ। 

९ अंकसहित भारत शीर्ष र तीन अंकसहित बंगलादेश दोस्रो स्थानमा छ। डबल राउण्ड रोबिनको आधारमा चलिरहेको च्याम्पियनशिपमा शीर्ष टोलीले उपाधि जित्नेछ।
 

कमेन्ट लोड गर्नुस