सावित्रा बनिन् दशककै उत्कृष्ट महिला खेलाडी
काठमाडौँ: नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड –२०७७’ अन्तर्गत दशक महिला खेलाडी अवार्डबाट सम्मानित भएकी छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठामा आयोजना गरेको एक कार्यक्रमबीच सावित्रालाई महिलातर्फ अवार्ड प्रदान गरेको हो।
सावित्राले नेपाललाई साफमा दुईवटा रजत पदक दिलाएकी छन्। उनले सागमा पनि नेपाली महिला टोलीलाई दुई वटा रजत पदक दिलाउन सफल भएकी छन्।