सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभामा कांग्रेसको अवरोध जारी

। फोटो स्रोत ।
२०७५ माघ १४, १२:०७

प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध गरेको छ । बिहान ११ बजेको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै कांग्रेसका सांसद बद्रि पाण्डेले कांग्रेसका नेताहरूको नाममा रहेका दुई अस्पताल केन्द्रबाट हटाउने सरकारको तयारीको विरोध गरेमन थिए। त्यसपछि कांग्रेसका सांसदले उठेर निरन्तर विरोध जनाएपछि सभाध्यक्षले बैठक १५ मिनेटका लागि स्थगित भयो। १५ मिनेटपछि बसेको बैठकमा सभाध्यक्षले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा राष्ट्रिय सभामा सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाको पत्र पढेर सुनाउन लाग्दा कांग्रेस सांसदहरूले वेल घेराउ गरे।
कांग्रेस सांसदले वेल घेराउ र नाराबाजी गर्न थालेपछि बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
 

कमेन्ट लोड गर्नुस