उपमेयर चन्दद्वारा आफ्नो सुविधाको रकमबाट विपन्न विद्यार्थीलाइ सहयोग
बैतडी: दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कौशीला चन्दले आफ्नो सेवा,सुविधा बाफतको रकम विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको पढाइका लागि सहयोग गरेकी छन्।
उप–प्रमुख चन्दले नगरपालिका भित्रका ११ जना विपन्न विद्यार्थीहरुलाइ रु ५० हजारका दरले आर्थिक सहयोग गर्नुभएको हो। यसरी सहयोग गरिएका विद्यार्थीहरुमा यसोदा कोलि, बिरेन्द्र चन्द, गोमती बडु, बिपना भट्ट, मुकेश ओझा, मुकेश थापा, डम्बर सिह थापा, बिक्रम चुनारा, बिनोद महर, हेमन्ती जोशी र लोकेन्द्र सिह थापा रहेका छन्।
गत बर्ष पनि पाँच जना विद्यार्थीहरुलाइ रु ६० हजारका दरले सहयोग गर्नु भएको थियो। गत बर्ष आर्थिक सहयोग पाउनेहरुमा निशा दमाई, जोति थापा, सपना दमाई, रबिना थापा र दिपा रावल थिए। विपन्न समुदायबाट प्राविधिक बिषय पढ्ने छात्रा छात्रहरुलाइ अझै सहयोग गर्ने उनले बताइन्। “राजनीति सेवाका लागि गर्नुपर्छ, म पदमा भए पनि नभए पनि सक्दो सहयोग सधै गरिरहेकी छु।“ उप मेयर चन्दले निर्वाचित भएदेखि नगरपालिकाको काम गर्दा आफ्नै निजी सवारी साधन प्रयोग गरिरहनुभएको छ।