सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मलाको डीएनए प्रोफाइलसँग आमाको डीएनए प्रोफाइल मिल्यो

२०७५ माघ १४, १२:०० खबर संवाददाता

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको योनीबाट संकलन गरिएका भजाइनल स्वाबबाट तयार पारिएको डीएनए प्रोफाइलसँग आमाको डीएनए प्रोफाइल मिलेको छ। निर्मला पन्तको भजाइनल स्वाबबाट तयार पारिएको डीएनए प्रोफाइल उनको हो होइन भन्ने पुष्टि गर्न आमा दुर्गादेवी पन्तको रगतको नमुना संकलन गरिएको हो।
निर्मलाको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमा दुर्गादेवी पन्तको रगतको नमुनाबाट तयार पारिएको डीएनए प्रोफाइलसँग मेल खाएको रिपोर्ट आएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए। पन्तको भजाइनल स्वाबवाट तयार पारिएको डीएनए उनको हो वा होइन भन्ने सबैमा शंका थियो। तर मिलेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस