सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन चार विद्यार्थी संगठनको माग

२०७८ चैत्र ५, ०१:५४ खबर संवाददाता

काठमाडौंः चार विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य तत्काल फिर्ता लिन माग गरेको छ। शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाएको मूल्य तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

अखिल (क्रान्तिकारी), अनेरास्ववियू,समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं) ले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ लगायत महामारीका कारण चरम आर्थिक संकटमा परेका नेपाली जनतालाई पेट्रोलियम पधार्थमा भएको मुल्यवृद्धि र त्यसको असर स्वरुप दाल,चामल,तेल,तरकारी खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु र सेवामा भएको चरम मुल्यवृद्धिले चुलो समेत बाल्न नसक्ने अवस्थामा आम नेपाली जनतालाई पुर्याएको छ। हामी बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौं। ’

हप्ता दिन नबित्दै पेट्रोल,डिजल र मट्टीतेलमा पटकपटक गरिएको मुल्यवृद्धिले यातायात र ढुवानीमा प्रत्यक्ष प्रभाव पारेको विज्ञप्तीमा उल्लेख गरेको छ।उनीहरुले नेपाल सरकार र नेपाल आयल निगमसँग यसअघि संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यन्वयन गर्न माग समेत गरेको छन्। विद्यार्थी संगठनले आयल निगम भित्र चुहावट भ्रस्टाचार, कमिशन दिनानुदिन बढ्दै गइरहेको समेत बताएका छन्। नेपाल आयाल निगमले बुधबार राति पेट्रोलियम पर्दाथको मूल्य बढाएको थियो।

कमेन्ट लोड गर्नुस