सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईविरुद्ध नेपालको बलियो सुरुवात, सोमपालले लिए तीन विकेट

२०७८ चैत्र ४, १२:३५ खबर संवाददाता

काठमाडौंः आईसीसी विश्वकप लिग टूमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ। टस जितेर ब्याटिङ गरेको युएईले सुरुवाती १० ओभर (पावर प्ले) मा ३ विकेट गुमाएर ३५ रन जोडेको छ। नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे।

चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा बाउन्सर बलमार्फत विकेटकिपर आरिफ शेखको हातबाट क्याच आउच गराएका सोमपालले ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यू धरापमा पारे। युएईका युवा ब्याटर अरविन्दले अघिल्लो महिना आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपाललाई हराउन ४६ रनको सानदार पारी खेलेका थिए।

९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए। वासिमले २१ रन बनाए। ११ ओभरको समाप्तिमा युएईले ३७ रन बनाएर ४ विकेट गुमाएको छ। ११औं ओभरको तेस्रो बलमा करण केसीले आसिफ खानलाई आउट गराएका हुन्।


 

कमेन्ट लोड गर्नुस