नवजीवन सहकारी : १० हजार गणना हुँदा पदाधिकारी र सदस्यमा कसको कति मत ?
धनगढी : कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारीको नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि नै मतगणना जारी छ। पछिल्लोपटक सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका उम्मेदवार देवबहादुर बमले अग्रता बढाउदै लगेका छन्।
१० हजार २२६ मतगणना हुँदा बमले ५ हजार १२५ मत पाएका छन्। अध्यक्षका अर्का उम्मेदवार रतनबहादुर कठायतले ४ हजार ३ मत पाएका छन्। यस्तै उपाध्यक्षका उम्मेदवार चेतराज ओझाले ४ हजार ३४५ मत पाएका छन् भने भरतराज जोशीले ४ हजार १८४ मत पाएका छन्।
यस्तै सदस्यतर्फ पनि १० हजार बढी मतगणना भएको छ। सहकारीको नयाँ नेतृत्व चयनका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि शनिबार मतदान भएको थियो।
निर्वाचन समितिका अनुसार नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो। नवजीवन सहकारी २०५० सालमा स्थापना भएको थियो।