सुदूर नेपाललाई विश्वसँग जोड्दै

कागजमा १८८ बच्चा जन्माएर सरकारसँग करोडौं ठगी

२०७८ फाल्गुन २२, ०३:१४ खबर संवाददाता

एजेन्सी: आजकल धेरै मानिसहरू सजिलै पैसा कमाउने उपाय खोजिरहेका हुन्छन्। यसका लागि केही मानिसले ठगीका नयाँ(नयाँ तरिकाहरू अपनाउँछन्। बेलायतमा बस्ने ४० वर्षका एक व्यक्तिले धोकाको एक नयाँ कीर्तिमान कायम गरेका छन्। उनले एउटा यस्तो अनौठो कथा तयार गरे कि सरकारसँग ३० करोड रुपैयाँ भन्दा धेरै ठगी गरे।

जब ती व्यक्तिको पोल खुल्न पुग्यो तब सबै हैरान भए। ठगीको यस्तो उपाय पनि हुन्छ भन्ने धेरैले कल्पना पनि गरेका थिएनन्। बच्चाको हेरचाह र पालनपोषणका लागि सरकारले दिने रकम दम्पच पार्नका लागि ती व्यक्तिले आफ्ना १ सय ८८ जना बच्चा रहेको भन्ने नक्कली कागज पेस गरेर बेलायत सरकारबाट झण्डै ३० करोड रुपैयाँ बराबरको रकम हात पारेका थिए। अली बाना मोहम्मद नामका ती व्यक्ति आफ्ना १८८ जना नकक्ली बच्चाको सूची तयार पार्नका लागि केही साथी तथा नातेदारको सहयोग लिएका थिए। तर खासमा उनका एकजना पनि बालबच्चा छैनन्। उनले आफ्ना सारा १८८ जना काल्पनिक बच्चाको जानकारी आफ्नो डायरीमा लेकेका थिए। त्यसैको आधारमा उनले गुजारा भत्ता लिनका लागि सरकारी निकायमा दाबी पेश गर्दथे। राजश्व तथा भन्सारका अनुसन्धानकर्ताहरुलाई आशंका नहुँदासम्म उनले बच्चाको पालन खर्च र करछुटबापत करोडौं रकम झ्वाम पारेका थिए।

दुईवटा फोन नम्बरबाट धेरैपटक रकम दाबीका लागि फोन आउने गरेको र बच्चाको नामचाहिं पटकै पिच्छे फरकफरक हुने गरेको पाएसँगै पेन्सन विभागलाई शंका लाग्यो। त्यसपछि घटनाको अनुसन्धान सुरु गरियो जसबाट उक्त ठगीको पर्दाफास भयो। उक्त काण्डमा संलग्न ६ जनालाई अन्ततः बेलायतको लिभरपुल क्राउन अदालतले कूल १३ वर्षको जेल सजाय सुनाएको छ। यसका मास्टरमाइन्ड अर्थात् १ सय ८८ काल्पनिक बच्चाको नक्कली पिता अलीलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ। अली यसअघि १६ वर्ष जेल बसिसकेका छन्।

अनुसन्धानका क्रममा अलीले विभिन्न ७० वटा फरक फरक नामबाट कुल १ सय ८८ बच्चाको लागि पालनपोषण खर्च लिएको खुलेको थियो।
 

कमेन्ट लोड गर्नुस