सुदूरपश्चिम विश्वविद्यालयमा २६ गतेदेखि खेलकुद सप्ताह
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयमा फागुन २६ गतेदेखि खेलकुद सप्ताह सञ्चालन हुने भएको छ। विश्वविद्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद शाखाको आयोजनामा खेलकुद सप्ताह हुन लागेको हो।
उक्त खेलकुद सप्ताहमा केन्द्रीय क्याम्पस अन्तर्गतका ६ वटा विभागीय विद्यार्थी खेलाडीहरुबीच विभिन्न खेल प्रतियोगीताहरुमा प्रतिस्पर्धा गराईने बताइएको छ। खेल सप्ताहमा भलिबल महिला/पुरुष, फुटवल पुरुष, क्रिकेट पुरुष ब्याटमिन्टन महिला/पुरुष, शर्ट पुट महिला/पुरुष, छोटो दौड महिला/पुरुष, निबन्ध लेखन, हाजिरी जवाफ, वक्तित्वकला, चेस महिला/पुरुष, लङ्गजम्प महिला/पुरुष ,टिटि,वादविवाद र कविता आयोजना गरिने विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख शंकर पुजाराले बताए।