सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ फाल्गुन २२, ०८:१६ खबर संवाददाता

धनगढी : धनगढीमा लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१९ फूलबारीका २२ वर्षीय टाइसन कुश्मी चौधरी रहेका प्रहरीले बताएको छ।

उनलाई शनिबार फूलबारीबाट १८० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

कमेन्ट लोड गर्नुस