एमसीसी अनुमोदन गर्ने नेकपा एसको निर्णय
काठमाडौंः नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनको पक्षमा उभिने निर्णय गरेको छ। भर्खरै बसेको स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै अनुमोदनका पक्षमा उभिने निर्णय गरेको हो।
नेकपा एसको स्थायी कमिटी बैठकपछि सचिव रामकुमारी झाँक्रीले गठबन्धनमा बनेको सहमतिअनुसार अगाडि जाने निर्णय भएको जानकारी दिइन्। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ।