सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: सुदूरपश्चिमबाट पाँच जना निर्वाचित

२०८३ असार ११, १०:०५ नारायण अवस्थी

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा सुदूरपश्चिम भूगोलबाट प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये पाँच जना निर्वाचित भएका छन्।

प्राप्त मतपरिणामअनुसार हेमराज थापाले २ हजार ३० मत प्राप्त गर्दै सुदूरपश्चिमबाट सर्वाधिक मत ल्याएका छन्। यस्तै केपी खनालले १ हजार ८४६ मत, दीपकराज बोहराले १ हजार ४५० मत, जानिका जोशीले १ हजार १४८ मत र चन्द्रा ऐरले १ हजार १२६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

अन्य उम्मेदवारमध्ये रत्नकुमारी थापाले ९६१, शैलेशकुमार सिंहले ७६३, शिवराज पन्तले ६३७, वीरबहादुर बिष्टले ५५०, हरिमोहन भण्डारीले ५४१, नामराज न्यौपानेले ५२३, ज्ञानेन्द्रसिंह महताले ५१८, मिनबहादुर बोहराले ४८६, उमेशराज पाण्डेयले ४७१, पदमराज शर्माले ४४५, सागर तामाताले ४४२, मदनसिंह बिष्टले ४३९ तथा कृष्णबहादुर बटालाले ४१९ मत प्राप्त गरेका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय समिति चयन गरिएको हो। सुदूरपश्चिमबाट निर्वाचित पाँच जनाले पार्टीको केन्द्रीय नेतृत्वमा क्षेत्रको प्रतिनिधित्व गर्ने भएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस