चितवनबाट आउँदो चुनावमा उम्मेदवारी दिने तयारीमा बादल
धनगढीः नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बएताका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा उनले पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन्।
‘आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठछु, संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको थिएँ’ सुर्खेत विमान स्थलमा पत्रकारहरुसंग बादलले भने। नेता बादलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नो दलले प्रस्ट धारणा बनाइ नसकेको बताए। एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई समाधामुखले मान्यता नदिएसम्म आफूहरु संसदीय काम कारबाहीमा सहभागी नहुने उनको भनाइ छ।