सुदूर नेपाललाई विश्वसँग जोड्दै

गण्डकीमा ९३५ जना कोरोना सङ्क्रमित थपिए

२०७८ माघ ११, ०९:०७ रासस

गण्डकी: गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३५ जना कोरोना सङ्क्रमित थपिएका छन्। यस अवधिमा २०६ जना सङ्क्रमित उपचारपछि निको भएका छन्। प्रदेशभित्रका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४६७ जनाको पिसिआर परीक्षण र ४६८ जनाको एन्टिजेन परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आज थपिनेमा कास्कीका ३९१, स्याङ्जाका १९३, तनहुँका ९८, नवलपरासी पूर्वका ६०, बाग्लुङका ५९, लम्जुङका ५७, गोरखाका ३७, म्याग्दीका २७ र पर्वतका १३ जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।

शर्माका अनुसार प्रदेशमा कोरोना सङ्क्रमित हुने स्वास्थ्यकर्मीको सङ्ख्या ४०७ पुगेको छ। गत पुस १७ गतेदेखि आजसम्म उक्त सङ्ख्यामा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएको र सबै होम आइसोलेसनमा रहनुभएको उनले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस