सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगामा मोटरसाइकलको ठक्करबाट एक वृद्धा गम्भीर घाइते

२०८१ वैशाख १३, १०:४० खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धा घाइते भएकी छन्।

गौरीगंगा नगरपालिका–१ गोप्का  चोकमा हिँडीरहेकी ७५ वर्षीया बिष्नादेवि दमाई मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन्। युके ०५ सि ३०९३ नम्बरको मोटरसाइकलको ठक्करबाट उनी घाइते भएकी हुन।

चालक भारतको पिथौरागढका अन्दाजी २५  वर्षीय कविन्द्र विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रबहादुर बोहराले बताए। घाइते दमाइको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस