सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको सहयोग

२०८१ वैशाख १३, ०१:३२ रासस

काँक्रेविहारः गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित यहाँका पत्रकारलाई प्रेस काउन्सिल नेपालले निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ।
भूकम्पको गएको केही समयपछि जाजरकोट पुगेका  सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भूकम्पपीडित पत्रकारका लागि इन्टरनेट शुल्क सहयोग गर्ने प्रतिबद्धता गरेको थियो।

मन्त्री शर्माले गरेको प्रतिबद्धताअनुसार काउन्सिलको टोलीले जाजरकोटका २४ पत्रकार र केही सञ्चारमाध्यमलाई आर्थिक सहयोग गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए। काउन्सिल पीडित पत्रकारको पक्षमासधैँ रहेको भन्दै अध्यक्ष बस्नेतले मिडिया विकास कोषबाट लाभ लिन आग्रह गरे।
दूरदराजमा बसेर गरिएको पत्रकारिताले साँच्चिकै समाज रुपान्तरणका लागि ठूलो सहयोग पुगेको उनले बताए। 

त्यस्तै काउन्सिलले जाजरकोटका मिडिया हाउसको आज अनुगमन तथा निरीक्षण गरिएको छ। भूकम्पबाट क्षति भएको भेरीमालिका दैनिक, नेपालपोष्ट खबरलगायतका सञ्चारमाध्यमको अनुगमन गरिएको काउन्सिलका अधिकृत महेन्द्रराज सिंहले जानकारी दिए। 

अध्यक्ष बस्नेतले अब काउन्सिलले छिट्टै मिडिया हाउसको सूचीकृत प्रक्रिया अनलाइनबाट गर्न लागिएको समेत जानकारी दिए। रुकुमपश्चिमका पत्रकारलाई प्रतिव्यक्ति वा संस्थालाइ ९ हजारदेखि १० हजारसम्म इन्टरनेट शुल्कवापतको रकम उपलब्ध गराइएको छ। सुर्खेतमा पनि संहितासम्वन्धी कार्यक्रमको आयोजना गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस