सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक गोेठमा आगलागी

२०८१ वैशाख १३, ०७:५७ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा एक गोठमा आगलागी भएको छ।

जिल्लाको आलिताल गाउँपालिका–७ नाउलामा रहेको काठ, ढुङ्गा र माटोले बनेको कच्ची गोठमा आगलागी भएको हो। आगलागीबाट  गोठमा रहेका एक गाई,बाच्छि र एक हल गोरु जलेर घाइते भएका छन्।

सामुदायिक वनबाट आगो सल्की आगलागी भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धगढीले जनाएको छ। आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको हो।  घटनाको पुर्ण विवरण आएको छैन्।
 

कमेन्ट लोड गर्नुस