सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेलिफोनका तार चोरी गर्ने एक भारतीय पक्राउ

२०७८ माघ ११, ०८:०१ रासस

झापा: टेलिफोनको तार चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला नक्सलबाडी घर बताउने ३२ वर्षीय मालिक बर्मन रहेका छन्। मेचीनगर–६ काँकडभिट्टास्थित भट्टराईचोकबाट पक्राउ परेका उनका साथबाट तार काट्न प्रयोग गरिने विभिन्न औजारसहित १६ मिटर कालो टेलिफोन तार बरामद गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बर्मनमाथि थप अनुसन्धान गरिरहेको बताइएको छ। मेचीनगरमा पछिल्लो एक वर्षयता टेलिफोनको तार चोरीका घटना बढिरहेका थिए। बर्मनलाई चोरी ऐनअन्तर्गत थप अनुसन्धानसँगै कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस