सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारलाई निर्वाचन अयोगको ताकेताः स्थानीय तह निर्वाचनको मिति छिटो तोक्नू

२०७८ माघ ११, ०३:५४ खबर संवाददाता

धनगढीः निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गरेर स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम मौजुदा स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आउँदो ५ जेठबाट कार्यकाल सकिने भन्दै आयोगले तत्काल निर्वाचन मिति तोक्न ताकेता गरेको हो।

आयोगले यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाको पटक पटक ध्यानाकर्षण गराएको समेत बताएको छ। आयोगले १४ वैशाख २०७९ र २२ वैशाख २०७९ मा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ। तर सरकार भने निर्वाचनको मिति तोक्न हैन सार्ने तयारीमा जुटेको छ।

कमेन्ट लोड गर्नुस