सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीटीईभिटीको सम्पूर्ण परीक्षा स्थगित

२०७८ माघ ११, ०३:११ खबर संवाददाता

काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले सबै परीक्षा स्थगित गरेको छ। कोभिड संक्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिए।

उनले भने ‘संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा परीक्षा गराउन सकिँदैन भनेर स्थगित गर्ने निर्णय गरेका छौं। परीक्षार्थी संख्या पनि ठूलो छ । सूचना भोलिको गोरखापत्रमा प्रकाशित हुन्छ।’ परिषदले यहि १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो।

परिषदले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्र्तगतका नियमित तथा पुरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। तत्कालको लागि अर्को निर्णय नभएसम्म परीक्षा स्थगित गरिएको परिषदको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ। परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा दश दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने परीक्षा नियन्त्रक केसीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस