सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

२०७८ माघ १, ०२:१४ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनले शनिबार फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन्।

यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई पनि संक्रमण पुष्टि भएको थियो। पछिल्लो दुई सातायता तीव्र गतिमा फैलिएको कोरोना संक्रमणका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत संक्रमित भएका छन्। त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन्।

कमेन्ट लोड गर्नुस