सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठीक छु एउटा झुट

२०७५ पुष २५, ११:०० खबर संवाददाता

अनगिन्ती सपनाहरुलाई अाखाको पानीले बिझाएर लथ्याङ्ग लुथुङ्ग पारेको छ । केबल तिम्रो दर्शनको खातिर ! सफा सजिएका कयैन भित्ताहरु मैला भै सके । आँखा अगाडिको बिम्ब जिस्क्याएर जान्छ, म मुख छोप्छु । रमितेहरुको लामो लाईन नै देखेर मेरा लज्जालु हातहरु निर्लज्ज भएर गेटको चुकुल बजाउँछन । बासुरी विक्षिप्त भएर बज्दैछ, दाजै सासै रोकिएला जस्तो फुक्छ मात्रै । कालो बादल पारी सुगन्धित पारिजातमा प्राणायाम गरिरहेका सुरराज अँध्यारो धर्तीको फेदीमा गड्याङ्ग गुडुङ्ग बर्साउछ । एक हुल सपनाले छोड्दैन तर परेली आफै माडिन्छ मध्य रातको कालो छायामा म आफ्नै छायाले तर्सिन्छु । कसरी बुझाउ यहि नै थियो सत्य ।

बिकिनी सुटमा देखे एउटा जलपरी जस्तै तर हुँदै होईन, जहिले देख्छु म । रित्तिएको बस्रालङ्कार पहिरन माथि पहिरन थप्दा पनि उस्तै देखिन्थ्यो । साच्ची कति दुसित भएछन आजकल आध्यारामा नजरहरु ? स्पष्ट हुनै सकेन प्यासले अझै गहिरिएर हेर्दै देखे मेरै बालकोनीमा संसार मरुभुमी भएको तस्वीर भित्तामा टाँसिएको थियो । म झस्किए एकफेर, खाली सन्नाटा मात्रै थियो त्यँहा ।      मैले सबै झुट बोले, सबै भन्दा ठूलो झुट बोलेको थिए हिजो साँझ मात्रै । मेरी धर्ती दर्शिता ममतामयी सँग छोरा कस्तो छस ? भन्दा ठिक छु भनेर, तर म ठिकै थिए मबाट । आजभोली म बोल्दै बोल्दैन ! बोल्नु पनि किन सबै कुरा अाँखाले चित्रित गरि सकेपछि । कमजोरी बुझ्नेको पो हो त । गए राती पुरै अध्यारो थियो कुन्नी गल्ती छुट्याउनै बाँकी छ ।

चाउचाउको खोस्टाबाट चिप्लिएको थिए डस्नामा तर ढाडै भाचियो । भरोसा त रातभर साथ दिनेको पनि छैन ! उ त मम को टेबुलमा भेटिएको सपना रातमा आएछ । सायद म लठ्ठिएको हुनुपर्छ होइन भने मैले त सुपको अन्तिम चम्चा लिदा एक पिस मम काटा खोपेर लिएको बाहेक बाकी सबै त्यही छोडेको थिए । बिस्वास छैन होला तर म नितान्त एक्लो बाहिर निस्किएको थिए, स्वच्छ, सफा निर्मल । भन्नेले त भन्छ मलाई बक्वास जिन्दगी । तर तिमी फितलो नजरले यो सब देख्दै देख्दैनौ । जबसम्म मेरी आमाले सिकाए झै सिक्दैनौ.....बर्ष त दशैबाट सुरु भएर क्रिसमस हुँदै इद छोएर दशैमै पुग्छ । त्यो बाहेक तिमी खोक्रो आदर्शवादको चिन्ताले दुव्लायौ भन्थिन् त्यो पनि शान्ति फैलाउने निहुमा । व्यागुता पानीमा चिप्लिएर मर्यो रे...........कसमै नखाएनि हुन्थ्यो क्यारे ! कति मूर्ख बनाएछौ रुदा फकाउन, हास्दै रोए म । एक ढिस्को माटोमा लत्पत्तिएको गोबर बिस्तारै माटो बन्दैथ्यो तर गन्ध छदै थियो, हराउँदै थियो त केबल रङ्ग र रुपरेखा । मैले माटो मानेन गन्ध रहँदाम्मै, अरुले नि गोबर मानेनन् भन्दै थे कम्पोस्ट मल ! बिचरा गोबर आफैलाई देख्दैथ्यो म त माटो भैसकेछु । जमरा छरेको पन्चान्नमा पनि एउटा कोमल बिरुवा जन्मियो । कति अभागी है ! काक्रा चोर्न जादा नि काँडा बिझेछन । सिटामोलले दुखाई कम गर्दैथ्यो मैले मैलो घाउ देखे उ सुन्दरीकल्पको गेटमै हुँदा ।

ऐनामा हेरेर हाँस्न नपाउदै हत्कडी पनि लागेको थियो अाँखामा पछाडी भित्तामा झुन्डिएको रहेछ । भाग्यसरी फुट्यो मुस्कान कुरुप भएर ऐना चरक्क चर्किन्थ्यो पारी हेर्न खोज्दा मलाई देखाएर । बिसौ चोटी ढले तिमीलाई सत्य देखाउन खोज्दा तर मैले हार मानेको थिएन सम्झौताको पन्ना च्यात्तिएको रहेछ ! प्रेमको मैलो तस्वीर हातमा लिएर उ दगुर्यो, सम्बन्ध सुधारात्मक कार्य योजाना निर्माण गर्न । कति धेरै ज्ञान ! विश्व विवेचना गर्न सक्छ नाटकमा रामायणमा कौरव आएका थिए अजगवको अगाडी । बुझेन साथी बुझेन तिम्रो महाभारत बुझ्दै बउझेन फर्सीमा नागमणी भेट्टियो तरकारी बजारमा हिलैहिलो थियो म सफानै निस्किए एक लौका लिएर । नसिव हुनुपर्छ रे.....बिट देखाएर हुँदैन भन्छन मिहिनेत त खोलामा बगाए नि हुन्छ ! घर्राभरी कागजात भएको हाकिमको टेबुलमुनि मेरै फाइल थिएन, मैले ओफिसको कुना कुनामा हेरे कतै सफा थिएन । सडक किनारमा गर्मी हुन्छ भन्छन त्यस्को लागि त भित्रै पुग्नु पर्ने रहेछ अनि मात्र फल पाक्दो रैछ होला कुन्नी, म सङ्ग मेल अनमेल कुनै अनुभव थिएन । कसैलाई भनौ भने रसिलो दाना पाकेर झर्दा को रोक्न सक्छ र ? 

चैते धानसरी जुलेको थियो मन जब रात बिछट्ट अध्यारोमा पौडिन खोज्दा पौषको महिना कालिलो झारमा तुसार परेझै मन मर्यो । मैले देखेको सुन्दराकृति अध्याराले भोग गरेछ, सम्झे म भन्दा बलवान भएरै होला । कमजोर त म पनि थिएन भन्छन समय बलवान हुन्छ मान्नै पर्यो । घाँटी तन्काएर बाल्कोनीमा झुकेरै स्पष्ट पार्न खोज्दैथे, आम्मै अाँगनमा तछाडमछाड लागेको थियो मान्छेहरुको । मैले उठ्नै सकेन सबैको बीचमा थिए म रक्ताम्य । टाउको उहीँ फर्सी खसेझै भएछ । सरिरलाई हावामा भन्दा त्यही फर्स प्यारो थियो कुन्नी किन हो कानले सुन्नै चाहेन केही । आँखा खोल्दै थाहा पाए यो त दिन पो रहेछ । बालकोनीबाट खसेको भन्दा नि बढी पिडा दिदै थियो म भित्रको अध्यारो ।
 

कमेन्ट लोड गर्नुस