सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘अहिले ६ वर्ष दुःख गर्ने कि जीवनभर दुःख गर्ने ?’

२०७८ पुष ६, ०३:५५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले लामो समयदेखि काठमाडौंका नाम चलेका क्याम्पसहरूको सफल नेतृत्व गरी सकेका योगराज उपाध्यायलाई क्याम्पस प्रमुख तोकेको छ। विगत ३० वर्षदेखि शिक्षा क्षेत्रमा योगदान दिँदै आएका उपाध्यायले काठमाडौंमा नाम चलेका क्याम्पसहरूको शैक्षिक र व्यवस्थापकीय नेतृत्व गरिसकेका छ्न्। उनीसँग काठमाडौंका गोल्डेन गेट, द टाइम्स कलेज, नोबेल कलेज लगायतका उत्कृष्ट शैक्षिक संस्थाहरूमा कार्य गरेको अनुभव छ।

क्याम्पस क्षेत्रको विकास तथा शैक्षिक गुणस्तर वृद्धिका लागि आफ्नो योगदान रहने र  रचनात्मक सिकाइ पद्धतिका माध्यमले विद्यार्थीहरूलाई अनुशासित र नैतिकवान बनाउन आफ्नो पहिलो प्राथमिकता रहने उपाध्यायको भनाई छ। ‘प्रयोगात्मक सिकाइमा  जोड दिइ विद्यार्थीको व्यक्तित्व विकास गराई आगामी दिनका लागि उत्कृष्ट गन्तव्य तय गर्ने आधार बनाउन एसपीए सम्पूर्ण रूपमा तयार रहने छ’ उनी भन्छन्।

हाल एसपीएमा विभिन्न तह तथा संकायमा ३ हजार भन्दा धेरै विद्यार्थीहरू अध्ययरत छन्।   भने, सयौं कर्मचारीहरु कार्यरत छन्। ती एसपीएसँग जोडिएका सम्पूर्णको सोच्नसक्ने तरिका र जीवनमा परिवर्तन ल्याउने प्रयास गर्ने उपाध्यायको योजना छ। आज भन्दा २३ वर्ष पहिले सुरु भएको एसपीएमा हाल शिक्षा, मानविकी, विज्ञान तथा व्यवस्थापन संकायमा विभिन्न कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। पछिल्लो समय युग सुहाउँदो र माग भइ आएका विभिन्न कार्यक्रमहरू एकेडेमीले सञ्चालन गरिरहेको छ। विएचएम, बिआइएम लगायतका कार्यक्रमहरू पनि एकेडेमीका आकर्षणका कार्यक्रमहरू हुन्। यस्तै क्याम्पसको नयाँ कार्यक्रमका रूपमा यस शैक्षिक सत्रदेखि विएसडब्लू पनि सञ्चालनमा आउने कुरा नवनियुक्त क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।  

विद्यार्थीहरुलाई आग्रह गर्दै उनी भन्छन्,  ‘प्रवीणता भनेको स्कुल लेभल हो। यहाँ व्यावहार निर्माणदेखि लिएर हरेक कुराको जग निर्माण हुन्छ। यदी तपाईंले प्लस टु र स्नातक तहमा ध्यान दिएर हा, हु मा समय व्यतित गर्नु भएन भने जीवन सुन्दर बन्ने छ। अहिले ६ वर्ष दुःख गर्ने कि जीवनभर दुःख गर्ने ? मानौ तपाई ८० वर्ष बाच्नु हुन्छ रे त्यसमा  अहिले ६ वर्ष दुःख गरेर पढ्नुभयो भने पछिका ६०÷६२ वर्ष सुखका साथ बाच्नुहुन्छ। यदि अहिले सुख मात्रै खोज्नु भयो भने जीवनभर रुनुपर्ने हुनसक्छ।’

(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा, सुदूरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगराज उपाध्यायसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)

 

कमेन्ट लोड गर्नुस