सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापनका शाही विजयी

२०७८ मंसिर १९, ०७:२० खबर संवाददाता

काठमाडौं : नेपाली काँग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन्। प्रदेश अधिवेशनअन्तर्गत शनिबार भएको मतदानबाट शाही ४२२ मत ल्याउँदै सभापतिमा विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी भुपेन्द्रजंग शाहीले ३१७ मत ल्याए।विजयी शाही सभापति शेरबहादुर देउवा पक्ष र पराजित शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। उपसभापति विमलेन्द्र निधि पक्षबाट सभापतिका उम्मेदवार मोतिराज बमले ७ मत ल्याए।

कमेन्ट लोड गर्नुस