सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको फुटबल र क्रिकेटका लेजेन्ड श्याम सुन्दर

२०७५ पुष १४, ११:५१ सीताराम ओझा

भारतबाट गोलपोष्टको फलाम किनेर धनगढी ल्याएका ती दिन ७२ बर्षीय श्याम सुन्दर शर्माको मन मस्तिष्कमा अझै ताजै छ । तत्कालीन एसपी दिलीप सिंह आलेले सडक विभागको रोलरलाई मैदान सम्याउनका लागि भनिदिएपछि हालको धनगढी रंगशालाको दक्षिणी कुनामा फुटबल मैदान बनाईएको थियो । तर फुटबल खेलिरहेका श्याम सुन्दर शर्मा लगायतका उनका सहपाटीहरुलाई फुटबल मैदानमा आवश्यक पर्ने गोल पोष्ट धनगढीमा पाउनै मुस्किल थियो, २०३० सालतिर । त्यही भएर भारतको पलिया गएर गोलपोष्ट ल्याएर धनगढीमा फुटबल खेलेका थिए शर्मा र उनका साथीहरुले । 

पलियासम्म त्यो समय जाँदा दुई वटा नदी पार गर्नुपथ्र्यो । श्याम सुन्दर लगायतका केही साथीहरुले नदीमा काँधमा बोक्दै, फेरि बसमा हाल्दै फेरी नदीमा बोक्दै धनगढीसम्म पुराईएको थियो फलामको गोलपोष्ट । त्यसपछि फुटबल खेलका धेरै नियमहरु थाहा नभएपनि धनगढीमा खेल्न थालिएको थियो फुटबल । फुटबल सुरुवात दिनका सवैभन्दा पाका र लेजेन्ड हुन् धनगढी चौराह निवासी श्याम सुन्दर शर्मा । तत्काली समयमा जिल्ला र अञ्चल खेलकुद विकास समिती गठन भएपछि फुटबलका प्रतियोगितामा पनि भाग लिन थालेका हुन् । युवाहरु फुटबल खेल्न थालेपछि चौधरी बुक डिपोका मालिक सत्येन्द्रनाथ चौधरीले रेफ्रीको भुमिका निर्वाह गरि दिन्थे । 

खेल्दै गएपछि २०३२ सालतिर धनगढीका खेलाडीहरुले जनकपुुरमा नर ट्रफी खेल्न गए । नर ट्रफी राजा विरेन्द्रका साला तत्कालीन आईजिपी नर समशेर राणाले आफ्नै नाममा सुरु गरेको राष्ट्रिय फुटबल प्रतियोगिता हो । २०३२ सालतिर जनकपुरमा नर ट्रफी खेल्न जाँदा यहाँको टीमले एक खेल पनि जितेन भने ५÷६ गोल खेलेका सवै खेलमा खाएको टीमका सदस्य शर्मा सम्झिन्छन् । एक गोल गर्न नसकेपछि घर फर्किएको धनगढीको टोलीले त्यसपछि आएपछि राम्रैसँग समीक्षा गर्यो । यो त साह्ै लाजमर्दो कुरा भयो, अव लाग्नुपर्छ भनेर सवै जना साथीहरु जुर्मुराएर लाग्यौं शर्माले भने– त्यसको एक बर्षपछि धनगढीको टीमले तहल्का नै मच्चायो । २०३३ सालमा लहानमा भएको नर ट्रफीमा देशभरीका टीमबाट हामी उपविजेता बन्यौ । त्यसपछि फुटबल प्रगतिको बाटोमा अग्रसर भएको शर्मा बताउँछन् । 

डिफेड र मिडमा खेल्ने शर्माको कप्तानीको रहेको धनगढीको टीमले २०३४ सालमा सेती  अञ्चलाधीश फुटबल रनिङ सिल्डमा कब्जा जमायो । जसमा तीन तोला सुन जडान गरिएको थियो । फुटबलमा लागेकै बेला धनगढीमा क्रिकेटको पनि सुरुवात भईसकेको थियो। तत्कालीन कैलाली कागेंसका स्वर्गीय मोहनवहादुर शाहले क्रिकेटमा लाग्न उत्प्रेरण दिन थालेपछि फुटबल खेलिरहेका खेलाडीहरु क्रिकेटतिर पनि लागे । त्यसमा श्याम सुन्दर पनि पछि परेनन् । शर्माका दाई सुनसरी होटेलका साउजीले फुटबल जित्ने टीमलाई निशुल्क नास्ता खुवाथे भने मोहनवहादुर शाहले क्रिकेटमा जित्ने टीमलाई निशुल्क नास्ता खुवाथे । क्रिकेट र फुटबल सँगसँगै धनगढीमा सुरुवात भएका ती दिनहरुमा आवश्यक खेल सामाग्रीको भने निकै अभाव झेल्नु परेको शर्मा बताउँछन् । हामी साथीभाईहरु भएको सानो तिनो रकम संकलन गथ्र्यौ, वजारमा गएर चन्दा पनि उठाउँथ्यौ र त्यहीवाट सामाग्रीको जोहो गथ्र्यौ उनले भने– खेल्ने सामानको व्यवस्थापन गरे पनि मैदान लगायतको अभाव निकै नै समस्या हुने गरेको थियो । 


फुटबलसँगै क्रिकेट खेलेका शर्माले २०३८ सालमा काठमाण्डौमा भएको पहिलो राष्ट्रिय खेलकुदमा क्रिकेट टोलीको सदस्यको रुपमा सहभागीता जनाए । त्यो बर्ष टोलीले जित हात पारेन् । त्यसपछि वालगाृपाल गिरीको कप्तानीमा शर्मा उपकप्तान भएको टोलीले २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि टीमले सहभागीता जनायो भने तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४२ सालमा वीरगंजमा हुँदा शर्मा क्रिकेट टोलीको कप्तान थिए । ४१ बर्षको उमेरसम्म फुटबल र क्रिकेट खेल्ने शर्मा नै सवैभन्दा वढी उमेरसम्म खेल्ने खेलाडीमा पर्छन् । त्यो अवधिमा क्रिकेटमा पनि धेरै उपलव्धी हासिल गरिएको थियो । शर्माले ९ पटक भारतको टीमसँग खेल्दा ७ पटक जितेको अनुभव रहेको छ । लामो समयसम्म दुवै खेलमा सक्रियताका साथ लागेका शर्माको योगदानलाई कसैले बिर्सन सक्दैन होला । 

२०४२ सालसम्म खेलाडीको रुपमा सक्रिय श्याम सुन्दर शर्माले त्यसपछि भुमिका फेरे तर खेलकुदलाई भने छोडेनन् । लामो समयसम्म क्रिकेटको अम्पायर र फुटबलको रेफ्रीको भुमिका पनि निर्वाह गरे । जेष्ठ नागरिक बनिसक्दा पनि उनलाई खेलकुदको नशाले छोड्न सकेको छैन् । विगतमा आफुहरुले खेल्दा धेरै दुःख पाए पनि अहिलेको अवस्था देखेर उनी खुशी भएका छन् । खेलेरै लाखौं कमाउने अवस्था आएको छ, खेलेरै बाँचने अवस्था सिर्जना भएको छ शर्माले भने– अव अरु केही गर्नु पर्दैन् । खेलेरै मात्रै राम्रो जीन्दगी चल्छ । उदाहरणको रुपमा सन्दीप लामीछानेलाई लिन सकिन्छ । 

धनगढी चौराहको पारस मेडिकल रहेको घर त्यसपछि पछाडीतिर रहेको भवनको एक कोठामा श्याम सुन्दर शर्माको कोठा छ । त्यही कोठामा जीवनको उत्तार्धलाई कटाईरहेका छन् शर्मा । दुई छोरा दुई वुहारी सहित दुई नाती र ६ नातिनी सहितको उनको परिवाकार अन्य सदस्यहरु भने अहिले खेलकुदमा कोही लागेका छन् । दाईभाईका छोराछोरी खेलकुदमा लागेपनि शर्माका पुस्ता भने खेलकुदतिर छैनन् । अहिले पनि क्रिकेट र  फुटबलका खेलहरु टिभीमै हेरेर खेलकुदको नशा मेटिरहेका छन् । यस्ता जिउँदा ईतिहासलाई अव हामीले सम्मान दिनुपर्ने वेला आएको छ । र फुटबल र क्रिकेटको विकासका लागि अहम भुमिका खेलेका श्याम सुन्दर शर्माको योगदानलाई तत्कालीन समयको पाको पुस्तालाई राम्रैसँग थाहा छ तर नयाँ पुस्तालाई उनको वारेमा जानकारी समेत छैन् । यो संवाददाताले पनि पाको पुस्तावाट उनको योगदान सुनेको झण्डै १५ दिन लगाएर मात्रै उनलाई भेट्ने मौका पाएको थियो । त्यसैले अव खेलकुदका लेजेन्डहरुलाई सम्मान र खोजी गर्नुपर्ने अवस्था आएको छ । 

 

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस