दार्चुला सभापतिमा बोहरा
धनगढी : नेपाली काँग्रेस दार्चुलाको सभापतिमा ललितसिंह बोहरा दोस्रो पटक विजयी भएका छन्।
निर्वाचन समितिका अनुसार बोहरा कुल खसेको ९ सय ५६ मतमध्ये ६ सय २० मत प्राप्त गर्दै सभापतिमा दोहोरिएका हुन्। उनका प्रतिद्वन्द्वी अमरसिंह धामीले ३ सय ९ मत प्राप्त गरेका छन्। यस्तै, उपसभापतिमा ललितसिंह ठगुन्ना ५४० र महादेब बडु (कस्यप) ४८२ मतका साथ विजयी भएका छन्।
सचिवमा पुलेन्द्रबहादुर कार्की ६६५ र माधवराज भट्ट ४०५ मत प्राप्त गरी विजयी भएका छन् भने सहसचिवमा राजु अवस्थी ५६९ र राजेन्द्रप्रसाद जोशी ४२८ मतका साथ विजयी भएका छन्।