दार्चुलामा एक किशोर मृत फेला
२०७८ मंसिर ८, ११:०८
धनगढी : दार्चुलामा एक किशोर मृत फेला परेका छन्। जिल्लाको लेकम गाउँपालिका -६ तेलिगाउँका सुबास नाथ घर नजिकै बन्साडी भन्ने ठाउँमा मृत फेला परेका हुन्।
अन्दाजी १६ वर्षीय नाथ बुधबार विहान रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस