खुशीमा आएको पिडामा आँशु नझार्नु रवि
प्यारो भाई रवि,
नेपाल आईडल सिजन २ विजेता
आज मैले यो पत्र लेख्ने रहर होईन, तर रविलाई दैवले दिएको चोट र रविको खुशीमा आएको वज्रपातको परिस्थितिले मलाई यो पत्र लेख्न वाध्य बनाईएको छ । रवि भनेर आमाले बोलाउने स्वर उनको वाल्यकालमा दैवले लुट्यो । फेरि जन्म दिने आमा गुमाएपनि रविलाई माया गर्ने आमा भनेर बोलाउने संज्ञा पाएका रविलाई आज फेरि आमाले रवि भनेर बोलाउने आमाको स्वर फेरि दैवले रविबाट टाढा बनाएको छ । रवि तिमिले फेसबुकमा धेरै भावुक हुदै लेखेका शब्दहरुले मेरो मन मात्र कहाँ होर तिम्रा सबै शुभचिन्तकहरुको आँखा रसाएको छ । अनि सबैले तिम्रो पिडामा पिडा बोध गर्दै कसैले कविता त कसैले आफ्ना भनाईहरु राखेका छन । हेर त, तिमीलाई माया गर्ने तिम्रा शुभचिन्तकहरु कति छन एक पटक त्यो पिडालाई शक्तीमा परिवर्तन गर्दै शुभचिन्तकहरुलाई पनि बलियो मन बनाएर सम्झाउन सक्नुपर्छ त्यो पिडा केवल तिमीलाई मात्र कहाँ हो र हर कोही मानिसलाई दैवले दिने चोट हो ।
त्यसमा तिमीले आफुलाई कमजोर बनाएर आफ्ना सपनासँगै कुद्ने पाईलाहरुलाई बन्धक बनाएर राख्नु हुदैंन किन भने एक पटक फर्कि हेर त जीवन कति कहाली लाग्दो परिस्थितिबाट अघि बढेका पाईलाहरु कति पिडा र चुनौतीको संघारमा छन । दैवले पनि त्यसै कमजोर मनहरुलाई चोट दिन्छ र छानी छानी त्यही महान व्यक्तीलाई उसले गरेको संघर्ष र चालेका पाईलाहरुमा मानिसको परीक्षा पिडा दिदै लिएको हुन्छ । जस भित्र तिमी पनि एक महान व्यक्ती भएकै कारण तिम्रो खुशीमा पिडा दिदै धैर्यता र चोट सहन सक्ने क्षमताको परिक्षा फेरि पापी दैवले लिएको छ । त्यसैले यस पिडामा एक थोपा आँशु नझार्नु रवि । किनकी तिम्रो आँशुको मुल्यांकन दैवलाई गर्न नदेउ । भगवान तिम्रो भगवान होईन जो तिमी हामीले दुःख पर्दा हे भगवान भन्ने गर्छौ ।
भगवान त तिनीहरु हुन जसले तिमीलाई माया गर्ने आमा र तिम्रा स्रोताहरुले माया दिएर नेपाल आईडल बनाएका छन । एक पटक सोच त तिमीले नेपाल आईडलमा जित्दा मर्ने मान्छे थिए भने त्यो भन्दा धेरै तिम्रो यस पिडामा कमजोर भएर रुदा पनि त मर्ने मान्छेहरु पनि त छन । त्यसैले तिमीले आफ्ना स्रोतालाई एक पटक बलियो मन गरेर सम्झाउन सक्नुपर्छ । तिमीलाई थाहा नै छ झमक घिमिरेद्धारा लेखिएको नोवल “ जीवन काँडा कि फूल” त्यसै जीवनसँग तुलना गरी कहाँ लेखिएको हो र अनि अव्राहम लिङ्कनको जीवनीलाई हेर त त्यस्ता पिडा केही बन्नेहरुका लागि भन्दा केही गर्ने महान व्यक्तीहरुका लागि मात्र आउँछन जस भित्र तिमी पनि एक महान व्यक्ती हौं । जहा रवि ओड भनेर हामी सबैले गौरव र सम्मान गर्ने ठाउँ तिमीले दिएका छौं । त्यसैले तिमी यस पिडाभन्दा माथि उठ्नुपर्छ र तिम्रा स्रोताहरुको मायालाई निरन्तरता दिनुपर्छ । अब तिमीले यो कुरा वुझ्नुपर्छ आमाले रवि भनेर बोलाउनु हुन्थ्यो तर अरुको लागि रविलाई नेपाल आईडल बनाएर चिनाउनु भाको छ । जहाँ हजारौँ आमाले जन्माउने छोरा रवि जस्तै र आमा रविकै जस्तो हुनपर्छ भनेर आमा छोराको सम्बन्ध तिम्रो प्रगति र आमाको त्यागले ईतिहास रचेको छ । तिमि धेरै रुदै छौं रे भाई त्यो तिम्रो अहिलेको मात्र पिडा कहा होर जुन दिन तिमीलाई जन्म दिने आमाबाट दैवले टाढा बनायो अहिले त्यो घाउ बल्झिएको मात्र हो जुन पिडा देश विदेशमा रहनुुभएका तिम्रा शुभचिन्तकहरुले पिडा हिजो पनि र आज पनि बोध गर्दै आएका छन । त्यो पिडा नत सोच्न सकिन्छ र नत सोचेर नै काम छ नत कुनै सामना गर्ने उपाय नै छ ।
त्यसैले त रवि कडाँमा फूल, चट्टान फोरेर उम्रिएको रुख वन, जमीन फोरेर फुटेको मुल वन रवि अव सबैको मन जित्ने कवि वन रवि । रवि तिमीलाई जन्म दिने र कर्म दिने आमाले तिम्रो खुशीमा साथ दिन नसके पनि तर तिम्रो खुशी र प्रगतिको लागि हजारौं नेपाली आमाहरुको आशिर्वाद तिम्रो शिरमाथि रहिरहने छ । उहा जस्तो महान आमाको यो दुःखद निधनले आज सम्पुर्ण नेपाली मनहरुलाई भावुक बनाएको छ । तपाई नरहेता पनि रवि जस्तो महान छोरालाई हाम्रा माझमा चिनाएर छोड्नुभएको छ । हजुरको आत्माको चिर शान्तिको कामना साथै स्वर्गमा बास होस आमा ।
दिपा नेपाली
(त्रि.वि.वि.किर्तिपुर,काठमाण्डौ एम.एड दोस्रो सेमेस्टर)