सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिसठ्ठी जनालाई न्यानो कपडा वितरण

। फोटो स्रोत ।
२०७५ पुष ११, ०४:२२

जिल्लामा मौसम परिवर्तन भएसँगै चिसो बढ्दै गएको छ। चिसोबाट बच्नका लागि बाजुराको बडीमालिका नगरपालिका–७ मा मङ्गलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताएका छन्।
नगरपालिकाको उक्तमा रहेका आठ टोलका ४० वृद्धवृद्धालाई कम्मल, वितरण गरिएको छ भने यसैगरी सोही वडाका २३ बालबालिकालाई ज्याकेट र सुरुवालसमेत वितरण गरिएको वडा सदस्य धनलाल पाध्यायले जानकारी दिएका छन्।
उनले दिएको जानकारीअनुसार वडामा रहेका जिल्ली, माउलेख, सिराडी, पोखरा, रजातोली, ढम्कने गरी आठ टोलका ज्येष्ठ नागरिक वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको वडा सदस्य पाध्यायले बताए। 
बडीमालिका नगरपालिका–७ को सहयोग र समाजसेवी दयाराम अग्रवालको समन्वयमा ६३ जनालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष पाध्यायको भनाइ रहेको छ। न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष पाध्यायले वडापालिकाकोे सक्रियता, समाजसेवी दयाराम अग्रवाल र विभिन्न सहयोगी संस्थाको सहयोगबाट न्यानो कपडा वितरण गरिएको बताए। 
वडाध्यक्ष पाध्यायका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा वडाका दलित, पिछडिएका र जनजाति गरी १३५ परिवारलाई धुवाँरहित चुलो वितरण गरिने छ। उनले हरेक वर्ष वडामा रहेका वृद्धवृद्धा र बालबालिकालाई वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रासस

कमेन्ट लोड गर्नुस