सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एकीकृत समाजवादीको अध्यक्षमा ठगुन्ना, अरु को-को भए चयन ?

२०७८ कार्तिक २४, ०६:४२ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादी दार्चुलाको अध्यक्षमा विरबहादुर ठगुन्ना चयन भएका छन्। तत्कालीन नेकपा एमालेका सचिवालय कमिटी सदस्य रहेका ठगुन्ना जिल्ला अध्यक्षमा चयन भएका हुन। 

शैल्यशिखर नगरपालिका गोकुलेश्वरमा भएको प्रथम भेलाले ठगुन्नालाई जिल्ला अध्यक्षमा चयन गरेको हो। नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले जिल्लामै पुगेर कमिटी घोषणा गरेका छन्।  यस्तै वरिष्ठ उपाध्यक्षमा रुक्मति जागरी, उपाध्यक्षमा राधीका अवस्थी, सचिवमा जनक डागा, उपसचिवमा विष्णुराम हुम्ली, गंगादत्त जोशी र जगदीश निरौला चयन भएका छन्। 

दार्चुलामा ५१ सदस्यीय कमिटी घोषणा गरिएको छ।
 

कमेन्ट लोड गर्नुस