सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिरबाट लडेर कञ्चनपुरका युवकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक २१, ०६:०६ खबर संवाददाता

कञ्चनपुर: भिरबाट लडेर कञ्चनपुरका एक युवकको मृत्यु भएको छ। जात्राबाट फर्किने क्रममा भिरबाट खसेर दार्चुलामा उनको मृत्यु भएको हो । शनिबार शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ, बन्तोलीमा लागेको जात्रा हेर्न गएका कञ्चपुरका भिमदत्त नगरपालिका मटेनाका अन्दाजी २६ वर्षीय रुपेश रानाको जात्राबाट फर्किने क्रममा भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।

भिरबाट खसेर घाइते भएका रानालाई गोकुलेश्वर अस्पताल पुगाउँदा बाटोमै उनको मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरी निरीक्षक अरुण बमले बताए।

कमेन्ट लोड गर्नुस