दार्चुलामा भिरबाट लडेर महिलाको मृत्यु
२०७८ कार्तिक १८, ११:२९
दार्चुला: दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ३ खारकी ४५ वर्षीया मंगलीदेवी ठगुन्नाको भिरबाट लडेर मृत्यु भएको हो।
ठगुन्नाको बुधबार खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।
कमेन्ट लोड गर्नुस