सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्ध्याको समर्थन रविलाई किन ?

२०७५ पुष ६, १०:४८ खबर संवाददाता

नेपाल आइडलको सिजन–१ म सुदूरपश्चिम प्रदेशका कुनै पनि स्थानमा अडिसन नहुँदा धेरैमा निराशा थियो। धेरै सुदूरपश्चिमका प्रतिभाले यो क्षेत्रमा अडिसन नहुँदा आइडलमा सहभागिता पनि जनाउन पाएनन्। यद्यपी साङगीतीक क्षेत्रबाट नेपाल आयडल सिजन–१ मा सहभागी भएर धनगढीकी सन्ध्या जोशीले पनि सुदूरपश्चिमवासीलाई शिर उचो पार्ने मौका दिईन्। तर हजारौ प्रतिस्पर्धीलाई पछाडी पारेकी जोशीको नेपाल आयडलको यात्रा भने गत बर्ष उत्कृष्ट ९ मा आएर रोकीएको थियो। काठमाडौ अडिसनमा ८ हजार प्रतिस्पर्धीसंगै सहभागी भएकी जोशी विभीन्न चरण पार गर्दै उत्कृष्ट ९ सम्म पुगेकी थिईन। 

सिजन–२ मा नेपाल आइडलको अडिसन धनगढीमा पनि भयो। गत बर्ष उत्कृष्ट ९ मै सुदूरपश्चिमका प्रतिस्पर्धीको यात्रा रोकिएपनि यो बर्ष सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने रवि ओड फिनाले सम्म पुगेका छन्। गत बर्ष सुदूरपश्चिमको नेपाल आइडलको यात्रा उत्कृष्ट ९ मै रोकिएपनि यस बर्ष रवि ओड फिनाले सम्म पुगेपछि सन्ध्या जोशी पनि हर्षित छिन्। उनले पटक–पटक रवि ओडले सामाजिक सन्जालमा हालेका स्ट्याटसहरुलाई शेयर गर्दै भोटका लागि पनि अपिल गरेकी छिन्। 

उनले पनि रवि ओडलाई समर्थन गर्दै विजेता बनाउन सबै नेपालीहरुलाई अपिल गरेकी छिन्। रवि ओडलाई समर्थन निक त ? सन्ध्याले भनिन्, ‘‘रविले सुरुदेखि नै उत्कृष्ट पफर्म गर्दै आईरहेका छन्, रविले हरेक प्रकारको गीत गाएर निर्णायकलाई पनि खुसी बनाउन सफल भएका छन्, त्यसैले मेरो समर्थन पनि रविलाई हो।’’ सन्ध्याले रविलाई समर्थन सुदूरपश्चिमको प्रतिभा भएर मात्रै गरेकी होईनन् उनको गायकी पनि उत्कृष्ट भएर गरेकी हुन्। रविमा एउटा राम्रो नेपाल आइडल बन्ने सवै गुणहरु भएकाले मैले रविलाई समर्थन गरेकी हुँ, सन्ध्याले भनिन्। 

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा पब्लिक हेल्थ अध्ययनर गरेकी जोशी अहिले देश विदेशका विभिन्न सांगीतिक कार्यक्रममा आफ्नो सहभागिता बढाउँदै गएकी छिन्। 
 

कमेन्ट लोड गर्नुस