रवि ओड बन्लान् सिजन–२ को नेपाल आईडल ?
‘नेपाल आइडल सिजन–२ को ग्रान्ड फिनाले आज साँझ हुँदैछ । फिनाले नजिकिएसँगै सिजन–२ को विजेता को हुनेछ भन्ने चर्चा पनि बढ्दैछ । तर सुदुरपश्चिम प्रदेशका एक्ला प्रतिस्पर्धी मात्रै रवि ओड नेपाल आईडल बन्ने सम्भावनाको विषयमा पनि आकलन चर्चा परिचर्चा भईरहेको छ । सिजन–१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आईडलले दोस्रो सिजनमा चार जना बचिफिनाले भईरहँदा रवि ओड सुदुरपश्चिम कर्णाली प्रदेश र प्रदेश नम्बर ५ अर्थात पश्चिम नेपालका एक्ला प्रतिस्पर्धी हुन् ।
फिनालेमा पुग्नेमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी रहँदा आधा नेपालको भुभागबाट मात्रै भोट आउने हो भने रवि ओडको नेपाल आईडल बन्ने सम्भावना बलियो छ ।
उत्कृष्ठ चार जना छनोट गरेपछि आयोजकले प्रतिस्पर्धीलाई भोटिङका लागि होम टाउन पठाएकोमा रवि ओडलाई गरिएको स्वागत समर्थन माया मात्रै वढी थिएन्की उनी आएका वपत खिचिएका दृश्य नेपाल आईडलमा प्रसारण हुँदा धेरैको मन छोएको थियो । सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा रवि जिताउन अभियान सञ्चालन भएको ररातभर नसुतेर पनि भोट भईरहेकोले उनको सम्भावना वलियो मान्न सकिन्छ । रवी ओड सुदुरपश्चिमका एक मात्रै प्रतिस्पर्धी हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिको गुलरिया घर भएका उनी दलित समुदायलाई प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी हुन् । उनको आर्थिक अवस्था कमजोर भएको, बुबा भारतमा काम गर्ने गरेको कुरा नेपाल आइडलको ३६ औं श्रृंखलाले देखाईदा उनीप्रति धेरैको सहानुभुती अझ बढेको छ । कसरी भोट गर्ने भन्ने थाहै नपाएका उनका बुबा र जन्म नदिए पनि कर्म दिने आमा रविलाई जिताउन लागि परेको दृश्यले धेरैको मन खिचेको हुँदा पनि रविलाई धेरैभन्दा धेरै भोट आउने सम्भावना रहेको छ ।
गाला राउण्डमा रवि डेन्जर जोनबाट टाढै रहेका प्रतिस्पर्धी हुन् भने सबैभन्दा धेरै पटक सबैभन्दा धेरै भोट प्राप्त गर्ने प्रतिस्पर्धी पनि हुन् । उनले अहिलेसम्म पाएको भोट हेर्दा रवि अरुभन्दा बलियो दाबेदार देखिन्छन् । त्यसो त भेगीय भोट आएको खण्डमा सुदुरपश्चिमको एक्लो प्रतिस्पर्धी भएकाले त्यो सुविधा पनि उनले प्राप्त गरेका छन् ।