सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहराइनमा तीन देखि ११ बर्षसमूहलाई सिनोफार्म खोप लगाउन अनुमति

२०७८ कार्तिक १०, १०:३६ रासस

मानामा: बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ। बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निश्कर्ष निकालेका हुन्।    

बालबालिकाहरुलाई खोप लगाउने बारेमा मङ्लबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइने व्यवस्थासमेत गरिएको अधिकारीहरूले जनाएका छन्। स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सिफारिसका आधारमा आफुहरुले बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया सुरु गरेको सरकारी स्वास्थ्य अधिकारीहरुको भनाइ छ।  

बालबालिकालाई खोप लगाउनेसम्वन्धी निर्णयको विस्तृत विवरण भने स्वास्थ्य मन्त्रालयको वेभसाइट राखिएको उनीहरुले बताएका छन्। बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोनाभाइरसविरुद्ध लड्न विभिन्न उपायहरु अपनाउने शिलशिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको हो। 

बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउने निर्णयबाट देशवासी खुशी भएका छन् भने सरकारी अधिकारीहरुले पनि महामारी नियन्त्रण हुने अपेक्षा गरेका छन् । 
 

कमेन्ट लोड गर्नुस