सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिचरा हाम्रो पार्टीको मान्छे गजेन्द्रले राजीनामा दिएः देउवा

२०७८ कार्तिक १०, ०१:०७ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाइएको भनिएका गजेन्द्रबहादुर हमाल आफ्नो पार्टीको मान्छे भएको बताएका छन्। नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन्।

देउवाले भने, ‘हमाल हाम्रो पार्टीको मान्छे हो। विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए। यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन्। अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन। अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो।’

यस्तै उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गरेका छन्।

कमेन्ट लोड गर्नुस