सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानन्यायाधीश इजलासमा, न्यायाधीशहरू बैठकमा

२०७८ कार्तिक १०, १२:१७ खबर संवाददाता

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा इजलासमा उपस्थित भएका छन्। राणाले आज एकल इजलासमा ५ र संवैधानिक इजलाशमा एक मुद्दा तोकेका छन्। संवैधानिक इजलासमा रहेका राणाबाहेकका न्यायाधीशहरू इजलासमा बस्ने सम्भावना न्यून रहेको छ। सर्वोच्च अदालतका १४ जना न्यायाधीशले राणालाई राजीनामा दिन सुझाव दिँदै बेन्च बहिष्कार गर्दै आएका छन्।

न्यायाधीशरूको बहिष्कारका बावजुद राणाले इजलास तोक्दै आएका छन्। संवैधानिक इजलास नबसे पनि राणाले एकल इजलासमा रहेका मुद्दाको सुनुवाइ थालेका छन्। अर्कोतिर सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठक पनि सुरू भएको छ।

प्रधानन्यायाधीश राणाले राजीनामा दिन अस्वीकार गरिसकेकोले अब के गर्ने रु भन्नेबारे धारणा बनाउन न्यायाधीशहरू छलफलमा जुटेका हुन्।

कमेन्ट लोड गर्नुस