सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतो हेडफोनवाली (भाग–३)

२०७८ कार्तिक १०, ११:४६

-यज्ञ राज गिरी 

...सात कक्षा अनुशासित, ईमान्दार र मेहनती भाई बहिनीहरुको कक्षा भनेर चिन्छु। सर नहुँदा पनि मजाले पढिरहेका  हुन्छन्, अरु छैननु त्यस्ता।  पिरियड सकियो सबै बाहिर, राजनीतिक  दलका कार्यकर्ता जस्ता। आफूसँगै अरुका क्लास पनि भाँडिरहने। अरुले पनि सिकुन तिनीहरुबाट केही शिक्षा। म पढाउन भनि पस्नै लाको थिए कक्षामा, हेडसरले बोलाउनुभयो। मैले कक्षाकार्य दिए, ‘हाम्रो भेषभुषा र परम्परामाथि  एक अनुच्छेद  लेख्नुहोला आफ्नै शैलीमा।’ अनि म बाहिर निस्के।  हेडसर बाहिर मेरो  पर्खाइमा हुनुहुन्थ्यो। 

माथि उक्लियौ दुबै  सरासर अफिस  भवनमा। हेडसरले पत्र लेख्ने  काम थमाउनुभयो मलाई।  कम्प्युटर  खोले, गीत बजाए सानो भोलुम पारेर, लेटरप्याड खोले  म व्यस्त भएकम्प्युटर  टाईपमा।  उ मेरा हरेक काम बिथोल्न आउछे अचेल। उसका याहहरुका डोब यति गहिरा भइदिए कि न एक्सरेले देखाउनसक्यो न त मलमले नै पुर्नसक्यो।  उसको  तस्बिर मेरो आँखामा यसरी  छापिएको छ कि  त्यो  मेट्ने कुनै केमिकल  बनेको  छैन कतै,  न बनाउने हिम्मत गर्न सक्छ कसैले। जुनकिरी झै थिई उ टल्किन्थी अनि हराउथी अध्याँरोमा। उसलाई मनपर्ने  रङसँग नजिकको सम्बन्ध  छ मेरो। मानौ त्यो  रङ उसकै  लागि बन्छ कम्पनिमा र उसले मात्र  लगाउँछे। न देखेकै  मान्छेको यति याद आउँछ भने देखेपछि  के होला?

पत्र लेख्ने  काम सके, टेबलमा राखे पत्रहरु र म बाहिर निस्के।  कक्षामा गए सबै  लेख्नमा व्यस्त  थिए।  मैले हेर्न  खोजे कक्षा कार्य,  सबैले लेखेका थिए। एउटा भाईले अरुको भन्दा फरक शैलीमा  लेखेको  पाए। मनलाग्यो सबैलाई  सुनाउने,  उसले लेखेका केही  लाईनहरु सुनाईदिए पढेर, लेखेको  थियो ...
‘मलाई  दिदीले लगाउने पाइन्ट सर्ट हैन,
आमाले लगाउने गुन्यु र चोली मनपर्छ !
बहिनीले मम्मी भनेर बोलाएको हैन,
भाईले आमा भनेर बोलाउने बोली मनपर्छ !
दाई रमाउन जाने डिस्को र बार हैन,
सबै मिली खेल्ने  रंगिन होली मनपर्छ !
मलाई  दिदीले लगाउने पाइन्ट सर्ट हैन,
आमाले लगाउने गुन्यु र चोली मनपर्छ ! !

मेरो मन खुसी  बनायो  भाईको यो प्रयासले। थोरै शब्दमा  सागर  अटाउने गरी लेखेको  थियो। म रमाईहे दिनभरी  भाईबहिनीहरुसँग फरक–फरक कक्षाहरुमा। मलाई  लाग्थ्यो  उसको  झै झुम्काहोस् कसैसँग  जुनहेरेर  उत्सव झै दिन बिताउन सकुँ म। तर अपसोच, कतै देखिन त्यो उसको  कानमा बाहेक। रानीमहल झै छ सिर्फ एक पिस। कारिगरले उसक लागि बनाइदिएको झै। चार बजिसक्यो  घण्टी  बज्यो  टिनिनिनिनिन... घर जान सबै हतारमा बाहिर निस्के, बिदाईका हातहरु  हल्लाउँदै।  

म पनि  हिँडे धुलो उडाउँदै  उसका यादहरु सँगै। कोठामा पुग्ने बितिक्कै  फाले बाइकको चाबी टेबलमा अनि पल्टिए बेडमा। चेक गर्न  मनलाग्यो मोबाइलका  नोटिफिकेशन तर गरिन। अलि ट्युनिङ नमिलेको  हार्मोनियम  थियो र समाते। म अक्सर पिडा भुलाउन  संगीतको साथ  लिन्छु। कुनै  कुराले बढी हर्ट गर्यो भने  संगीतको साथले सेयर गर्छु।

एउटा सानो टुक्का गीत गाए ‘गयौं  मुटु पारेर आधा मै कसरी  बिदा दिउँ मयाँलाइ..।’ खासै  मिलेको  थिएन सुर तर पनि पिडा भुलाउने साधन न हो। पोस्ट गरे टिकटकमा। थुप्रै  लभका स्टिकर  आए अनि कमेन्ट  ‘किप ईट अप, गड ब्लेस यु, आवाज मिठो छ प्रयास गर्दै जानु, आएम योर बिग फ्यान।’ एउटा मेरो  लागि पनि यस्तै  थुप्रै  सबैलाई  रिप्लाई  गरे थाङ्स अनि लभ स्टीकर, मेरो फेसबुक स्टोरी  खालि थियो  लाग्यो  स्टोरीमा नि भरौं। 

क्रेट योर स्टोरीको नजिक  प्लस चिन्हमा गए अनि एड गरे अघिकै गीत।  केहीछिनमै लभ र लाईकका स्टीकरले स्टोरी रंगीन  बन्न थाल्यो।  बेलुन उडेझै उड्न थाले  लभ, लाईक, स्माईल अनि रोएका स्टीकरहरु। कोहीले  सिधै म्यासेन्जरमा आएर कुरा गर्न थाले, कोहीले  स्टोरीमै कमेन्ट  वर्षाए। लेख्न थाले ‘हेडफोनवालीलाई डेडिकेट होला।’

स्टोरीमै नआएकी उ आएर पनि गसकिछे ‘छोडेर गईकी क्या हो। यस्तै  हो संसार मायाको  नाटक देखाउँछन् अनि जान्छन्। तिम्रो मनमा पो उ बसेकी थिई उसको  मनमा त उसकै  कोही खास हुदो हो र गई। अब फोटो पोस्ट गर्छे ह्याप्पी उईथ माई हबी। 

घुम्छे रमाउछे संसारका रंङ्गिन बगैंचा र शहरहरुमा, दैनिक फोटो अपलोड गर्छे, स्टोरीभरी उसकै  फोट हाल्छे महिनौभरी।  रमाउँदै छे आफ्नो  मायालुसँग  दसैँका रंगिन  सपना किन्दै छे। बजारमा, तिम्रो  मनमा किन यति खिन्नता। एक दुई दिन हो पछि न उसले याद गर्छ  न तिमीले’ चिन्ता  नलिनु उसको  मनमा तिम्रो लागि ठाउँ  थिएन। उसको  बाध्यता पनि हुनसक्छ सबै  दोष उसैलाई  नलगाउनु। उ जहाँ गए पनि  जिवनभर तिम्रै यादमा रुनेछ, बिर्सेर  जानेलाई भन्दा सम्झेर बाँच्नेलाई गाह्रो  हुनेगर्छ अक्सर।’

रिस्ता पुग्यो  कि पुगेन खै...!
सिउँदो झुक्योकी झुकेन खै...!
उ त स्वर्गै पाउँछु भन्थी,
सपना पुग्यो  कि पुगेन .. खै! 

यस्तै  कमेन्ट  र च्याटले भरिए म्यासेन्जरमा च्याट बक्स। मैले उसलाई  अहिलेसम्म देखेकै छैन तर सबैले  ब्रेकअप भएको  सम्झीसके र सान्त्वना  दिँदै थिए। रातिको  ९ बजिसकेको थियो, बिसञ्चो भएर खाना बनाउने कुनै जाँगर आएन खाना खाने मन पनि भएन।

तिन चार दिन भइसकेथ्यो खै किन हो। मोबाइल  चलाउँदै पल्टिरहे बेडरुममा।  ढलेको छ गिटार उठाईन, खुल्लै छन् हार्मोनियमका पर्दा बन्द गरिन। छरपस्ट  छरिएका  म्युजिक  सामग्री बेवारिसे  सामान जस्तै, मिलाएर राख्ने  केही जाँगर आएन।  मोबाइल  चलाउँदै  कमेन्ट  हेर्दै रिप्लाई  गर्दै   पल्टिरहे, फोन चलाउँदा चलाउदै  सुतेछु थाहै  भएन।

फोन पनि मसँगै छाति मै  निदाँएछ, कोही  च्याट रिप्लाईको आसमै थिए होलान्, कसैले  घमन्डी रिप्लाई  नै गर्दैन भने होलान् तर निदाईसकेको  म र मेरै  छातीमा  बसेको फोनले कसरी  रिप्लाई  गरोस बिचरा।

शान्त कोठामा लाईट अन छ तर मेरा आँखा बन्द छन्।  कानले सुनिरहेका छन् नेपाली  पुराना सदाबहार गीतका जुकबक्सहरु, म अक्सर ब्याकग्राउन्डमा गीत बजाएरै फोन चलाउने गर्छु। उसको  मात्र  हैन मेरो पनि छ सेतो हेडफोन। कैयौं पल्ट छिनिइसके तारहरु  तर पनि म सेतो हेडफोन नै किन्ने  गर्छु। तर उसलाई  जस्तो  सुहाएको हुँदैन मलाई। उसको  झुम्कासँग स्पर्श  भएर होला उधुमै सुहाएको देख्छु कानमा सेतो हेड्फोन। चार्ज  सकिएछ फोनमा गीत बज्दाबज्दै। आफैं  स्वीच  अफ भएछ, अनि मस्तिष्कले सुनिरहेको गीतको  मिठास सकिएछ। 

पहेँलो  कुर्ताबाला ब्याक  फोटोबाट मेरो  स्टोरीमा लभ रियाक्टका दुई स्टिकर  देखापर्छन् उ अनी सातसय अरुले हेरेका रहेछन्। तर उसले दुई  सय नपुग्दै  रियाक्ट गरिसकेछ  अनि म्यासेज लेख्न नि भ्याएछ, हेलो ...! मैले सिन मात्र गरे रिप्लाई  गरिन।

फेरि आयो  सञ्चै हुनुहुन्छ  ? फेरि सिन मात्र  गरे,  फेरि आयो  बोल्नु न प्लिज ....! 
मेरै बारेमा लेख्दै हुनहुन्छ, सेतो हेडफोन ....!  मैसँग नबोली कसरी  बस्न  सक्नुहुन्छ ?  यो कथाले मलाई  धेरै रुवाउँछ अब नलेख्नुस है ....! फेरि सिन मात्र  गरे केही रिप्लाई  गरिन  मैले। थ्याङ्स भनिन र म्यासेज लेख्न  बन्द  गरिन  उनले। मेरो  मन उथलपुथल  भयो। अमुल्य  हिराको टुक्रा  हराए  झै भयो।   सोध्न  मन लाग्यो  हजुर  को हो ? भनेर तर सोधिन्।   धेरै  पुरानो  चिनजन हो जसरी कुरा भयो  हाम्रो। उसले विवाह  गरेर गए झै कुरा गरी। मैले जे सोचेकै थिइन त्यै भयो। 

मेरो  बहिनीको धेरै  याद आउँछ  कसरी बसुँ म, मेरो घर परिवारको केयर गरिदिनु दादाभाउजु, बहिनी र भाईलाई साथ दिनु म छैन भनेर व्यवहार  नबदल्नु। मेरो  घरमा जानु कैले। यस्तैयस्तै  कुराका बेलिबिस्तार लगाउनु थालि। मेरो आँखा भरिएर आए ड्याम बाँधेको फेवातालको पानी  झै, राता भए आँखा, मुसलधारे  पानी  झै वर्षिए आँसुका भल, म एउटा बालक झै रोए, अन्तिम सास  फेर्न लागेको  बिरामीझै छट्पटीए, मुटुको  गति रोकिएझै भयो। उसको  मुख हेर्न मन लाग्यो, प्लिज भिडियो कल।...

यतिमात्र  लेख्न  सके  उसले बुझिछ या बुझिन कल आएन। एक अपरिचित आइडीबाट कल आयो  मैले उठाइन काटे, फेरि आयो  फेरि काटे। पहेँलो  कुर्ताको ब्याक फोटो बाट  फेरि टाईपिङको आवाज सुनियो।  मैले गरेको  उठाउनुन प्लिज, फेरि कल आयो  मेरा हात काँप्दै थिए, महिनौ दिन भोकै  रहेका बिरामीका झै। घण्टी  बज्यो  उठाए कल। उ सुक्कसुक्क गर्दै  थिई, हेर्न  मन थियो।  मेरो  सस्पेन्सन कथाकी प्रिय पात्र  हेडफोनवालीलाई तर देखाइन उसले अनुहार।   

मैले समाल्न सकिन। मेरो  मन रोयो उसको  यादमा, यति रोयोकी अबदेखि  कसैको  लागि आँसु नबगोस  मेरो  आँखाबाट। फोन काटी उसले मैले लगाए फोन उसले काटिरही...! फेरि च्याट गरी मलाई  भुलिदिनु, एउटा नराम्रो  सपना सम्झनु, उ मरीसकि भनेर सोच्नु, धोकेवाज फटाहा हो भनेर सोच्नु। 

उसले आफुलाई यति नराम्रा शब्द भनिरही जो उसलाई  कहिल्यै  सुहाउँदैनन्।  र, म कहिल्यै  भन्न सक्दैन  मैले पहिलै भनिसके उ भगवान हो र  सीता झै पवित्र छे। उसको  यादमा जुनि काट्नसक्छु तर नभएको  आरोपमा यस्ता शब्दहरू  प्रयोग  गर्न सक्दिनँ।  फेरि टाईप गरी च्याट बक्समा, त्यो  दिनको  कलले मेरो  जीवन नै बदलिदियो  म अवाक भए।  कुन कल कसले गरेको  कल, सोधे उसलाई  तर केही बुझिन। भनि एक कल आयो मेरो  नम्बरमा अपरिचित  यस्तै  लास्ट नम्बर असि थियो।   

तथानाम गाली गर्यो जो जीवनमा गरेकै छैन। त्यस्ता  आरोप लगाएर गाली गर्यो। मैले हजुरकै लागि भए पनि सहि रहे केही प्रतिवाद  गरिन। मेरो  लागि भन्यो  वा हजुरको  लागि थाहा पाईन सुनिरहे र रिकर्ड गरे हजुरलाई सुनाउँला भनि तर सकिन सुनाउन....! 

बाहिर कुकुर भुकेको आवाजले मेरो  निन्द्रा खुल्यो।  सपनामा भेटिएकी  पहेँलो  कुर्तावालीले बेलिबिस्तार  गरि सुनाएका  कुरा सपनिमै सिमित  होलान्  वा विपनिमा आउलान थाहा छैन। साँच्चिकै  कल आएको थियोे या बाहाना पारी यो उसैलाई  थाहा होला। या त्यो  कल गर्ने भिलेनलाई थाहा होला। उसले अब यो कथा नलेख्नु मलाई  साह्रै रुवाउँछ भनि मैले लेखुला या नलेखुँला  उसले आफ्नो  घरपरिवार मेरो  जिम्मा लगाएकी  छे।  

मैले उसको  घरपरिवार चिनुँला वा नचिनुँला, त्यो  भिलेन जसले नभएका आरोप लगाएर उसलाई  रुवायो  उसले सजाय पाउला या नपाउला, उसलाई मैले साँच्चिकै  धोकेवाज हौ तिमी  भन्ने दिन आउला या नआउला। त्यो  हेडफोन मेरो अपरिचित चिनो मैले चिनुँला या नचिनुँला सबै  अधुरा छन्। बस सपनीमा आएर उसले कथा अब नलेख्नु भनेर गई। प्यारी ...! तिम्रै सपना पुरा गर्नु पनि मैले तिमी  र तिम्रो  घरपरिवार त चिन्नु पर्यो, नत्र कसरी  सकुँला यी सबै  पुरा गर्न। तिमीले अनुमति दिनुपर्छ यो कथा लेख्ने, म पर्खिरहेको  हुनेछु तिम्रो  रेस्पोन्स अब बिपनीमा...

सेतो हेडफोनवाली (भाग–२)
सेतो हेडफोनवाली(भाग–१)


 

कमेन्ट लोड गर्नुस