धनगढीबाट भन्सार छलीका चिनी र मोबाईल कभर बरामद
धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका चिनी र मोबाईल कभर बरामद गरिएको छ।
जिल्लाको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–१० सिमलघाट र धनगढी उपमहानगरपालिका–१८ नुक्लीपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ४१ हजार ४ सय बराबरको चिनी र मोबाईल कभर लगायतका सामान शुक्रबार प्रहरीले बरामद गरेको हो। उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।