सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेतमा ब्रोकाउली टिपेको १ करोड तलब, हप्तामा २ दिन विदा !

२०७८ असोज १६, ०१:१४ खबर संवाददाता

धनगढीः खेतमा ब्रोकाउली टिप्ने मजदुरलाई १ करोड रुपैयाँ पारिश्रमिक दिने कुरा सुन्दा हामी अचम्ममा पर्छौं। तर, यो साँचो हो। दिनमा ८ घण्टा काम र हप्तामा २ दिन विदा लिएर समेत ब्रोकाउली टिप्ने मजदुरले वर्षमा १ करोड रुपैयाँ पारिश्रमिक पाउनेछन्। यो अफर बेलायतको एक कम्पनीले दिएको हो।

बेलायती अखबार डेली एक्सप्रेसका अनुसार इङल्याण्डको लिंकनशायरको यो कम्पनीले कर्मचारीको अभाव भएपछि तरकारी टिप्ने मजदुरलाई मोटो रकम अफर गरेको हो। टिएच क्लेमेन्ट्स नामको यो कम्पनीले मजदुरहरुलाई प्रतिघण्टा ३० पाउण्ड अर्थात ४ हजार ८ सय नेपाली रुपैयाँ अफर गरेको छ। यस हिसाबले दिनमा ८ घण्टा काम गर्दा मजदुरले २४० पाउण्ड कमाउँछन्। हप्तामा २ दिन विदा लिएर ५ दिन मात्र काम गर्दा पनि उनीहरुले हप्तामा १२०० पाउण्ड कमाउँछन्। वर्षका कूल ५२ हप्ता काम गर्दा उनीहरुले ६२ हजार ४ सय पाउण्ड कमाउँछन् जुन नेपाली १ करोड रुपैयाँ बराबर हो।

बेलायतको प्रमुख खाद्य आपूर्तिकर्ता तथा सुपरमार्केटहरुलाई ब्रोकाउली र ब्रसेल्स स्प्राउट आपूर्ति गर्ने यो कम्पनीले मजदुर भर्ती गर्नको लागि सूचना निकालेको छ। सूचनामा मजदुरले प्रतिघण्टा ३० पाउण्डसम्म पाउने बताइएको छ। कम्पनीले सामाजिक संजालमा पोस्ट गरेको तस्वीरमा खेतबाट विदा भएर जाँदै गरेका मजदुरलाई आइसक्रिम खुवाइएको देख्न सकिन्छ। एजेन्सी

कमेन्ट लोड गर्नुस